जेठ १, काठमाडौँ। गर्मीको समयमा हामीलाई चिसो खानेकुरा बढी खान मन लाग्ने गर्दछ । गर्मी
मौसमको प्रिय खानेकुरा मद्ये एक हो दही। दही खादा मिठो मात्र हैन हाम्रो
स्वास्थ्यको लागी एकदमै फाइदाजनक खानेकुरा पनि हो।
हामीले खाने खाजा तथा खानामा दहीलाई समावेश गर्नु निकै फाइदाजक हुन्छ । दुधको सट्टा दही खानु स्वास्थ्यको लागि धेरै राम्रो मान्निछ। दुधमा पाइने ‘फ्याट’ शरिरलाई एक उमेरमा गएपछि हानी गर्छ भने दहीमा पाइने फोस्फोरस र भिटामिन डी स्वास्थको लागि लाभकारी हुन्छ ।
कसैलाइ बिहान सूर्योदयसँगै टाउको दुखाइ बढ्दै जाने समस्या छ भने सूर्योदयअघि दहीमा भात मुछेर खाने गरेमा टाउको दुखाइ कम भएर जान्छ। हामीले खाने खानासँगै दही पिउँदा खानेकुरा सजिलैसँग पच्ने, र अपचको समस्या कम हुन्छ ।
त्यस्तै शरीरको तापक्रमलाई सन्तुलनमा राख्ने तथा आँतको गर्मी हटाउनका लागी पनि दहीको सेवन गरिन्छ।
तपाईको पेटमा बोसोको मात्रा निरन्तर बढ्दै गएको छ र चिन्तित हुनुहुन्छ भने बिहान खाली पेटमा पाँच चम्चा जति दही खाने गरेमा पेटमा जम्मा भएको बोसो कम हुँदै जान्छ ।
त्यस्तै दहीको सेवनले भोक जगाउँन, एसिडिटी कम गर्ने, पेटसम्बन्धी अन्य समस्याको पनि समाधान हुने जस्ता फाइदाले दही भरिपुर्ण हुन्छ। दहीमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिनजस्ता पोषक तत्व भरपुर मात्रामा पाइन्छ, दहीमा क्याल्सियम, फस्फोरस, आइरनको मात्रा उच्च हुने भएकाले दही खाँदा हड्डी पनि बलियो हुन्छ, बाथको असर कम गर्छ।
यसैगरी दही हाम्रो छालाको लागी पनि फाइदाजनक हुन्छ। अनुहारमा चायाँ निस्कने, छालाको पत्र उप्किने जस्ता समस्या भएमा दहीको लेपन अनुहारमा लगाएर गरी केही समय पछी राम्रोसँग गुलाब जलले धुनाले अनुहारको छाला मुलायम हुनुका साथै चिरा पर्ने वा छालाको पत्र उप्किने समस्या हटेर जान्छ। घामले डढेर कालो भएको छालामा दही र कागतीको रस लगाउदा छाला चम्किलो हुन्छ । चालाको लागी विभिन्न फघरेलु फेसप्याकमा दही मिसाएर लगाउनाले चाला चम्किलो र सुन्दर हुन्छ।
दुध खाने बच्चाहरुलाई दुध अपच भएर वान्ता हुने वा पखाला लाग्ने भएमा दहीमा मह मिलाएर खुवाउँदा फाइदा पुग्छ । दिनहुँ दही खाने गरेमा मुटुसम्बन्धी समस्या कम हुँदै जाने र दहीले शरीरमा कोलेस्ट्रोल र रक्तचापलाई नियन्त्रित रख्ने गर्दछ । दहीमा लाभकारी ब्याक्टेरिया पाइन्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता समेत बढाउँछ ।
- न्युज बहार संवाददाता