Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

के तपाईलाई रुघाखोकी लागीरहन्छ? आउनुस यसको घरेलु उपचार जानौँ।

  •   ४ वर्ष अघि | ३० बैशाख २०८०, शनिबार

बैशाख ३०, काठमाडौँ। गर्मी मौसम होस वा जाडो मौसम होस हामीलाई प्राय रुघाखोकी, ज्वरो, घाँटी दुख्ने र खोकी जस्ता स्वास्थ समस्याले सताइरहेको हुन्छ ।

प्राय सधै जसो हुने यस्ता स-साना भाइरल रोगहरुको लागि हामि घरमै बसेर पनि उपचार गर्न सक्छौँ।  हामी तपाइलाई केही यस्तो घरेलु खानेकुराको बारेमा जानकारी दिनेछौ जसले हामिलाई यस्ता भाइरल रोगहरुबाट बचाउँन धेरै नै मद्दत गर्दछ ।

अदुवा र मरिच - दिनको दुइ पटक अदुवाको  धुलोमा दुई तिन चम्चा मह मिसाएर खानुहोस।

मरिच र मह - थोरै मरिचको धुलो वा दाना र एक चम्चा मह मनतातो दुधमा मिसाएर सुत्ने बेलामा खानुहोस ।

ज्वानो , जीरा, बेसार र नून – यि सबैलाई घोलेर एक गीलास पानी उमालेर सुत्ने समयमा खाने ।

ल्वाङ, कालो मरिच र अदुवा – यी सबै हालेर एक कप जति पानी उमालेर एक चम्चा कागतीको रस र मह मिसाएर दिनको २-३ पटक पिउने गर्नुस ।

कपुर – बत्ती बाल्न प्रयोग हुने कपूर तोरीको तेलमा तताएर छाती वरीपरी लगाएर सुत्दा पनि रुघाखोकीले गर्दा छाती दुख्ने सम्स्या र रुघा खोकी बाट पनि छुटकारा पाइन्छ।

हिङ - हिंङमा थोरै पानी मिसाएर सुत्नेबेलामा छातीमा लगाएर ओढ्ने ओढेर सुत्नुहोस ।

त्यस्तै लोकल कुखुरा वा खसीको मासुको तातो सूप बनाएर खाने र बिहान उठेपछि काँच्चो लसुन खानाले पनि कफ र खोकी निको हुने गर्दछ ।

  • न्युज बहार संवाददाता

थप