साउन २, काठमाडौ । डेङ्गु सङ्क्रमण पछिल्लो समय बढ्दै गएको पाइएको छ ।
डेङ्गु सङ्क्रमण पानी लगातार पर्ने दिन बढ्न थालेपछि उच्च भएको हो । एक हप्ता यता डेङ्गु सङ्क्रमण बढेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले बताएका छन ।
उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न नसकेको कारण सङ्क्रमण दैनिक बढिरहेको हो।
निर्देशक मरासिनीले पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछी सङक्रमण दिनानुदिन बढिरहेको जानकारी दिएका छन ।
उनका अनुसार एक हप्तामा एक हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् ।
डेङ्गुबाट बच्नका लागी सम्भव भएसम्म लामखुट्टे भगाउने घुप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपंक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने जस्ता सावधानी अपनाउन निर्देशक मरासिनीले आग्रह समेत गरेको छन ।
- न्युज बहार संवाददाता