चैत २४, काठमाडौँ । केही पछिल्ला दिनहरुमा नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै कोभिड सङ्क्रमण पुष्टि भएकालाई आइसोलेसनमा बस्न आग्रह गरिरहेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना सङ्क्रमणको जस्तो लक्षण देखिएमा परीक्षण गर्न र रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा बस्न आग्रह गरेका छन ।
सहप्रवक्ता अधिकारीले रुघा, खोकी, अन्य ज्वरो प्रमाणित नभएसम्म कोभिड पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेका छन ।
यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना नै जारी गरी ‘अस्तिको पानीमा भिजेको’ ‘हिजो चिसो खाएको’ आज धुलोमा गएको भनेर बहाना नबनाऔँ,’ भनेको छ ।
पछिल्लो केही दनको संख्या हेर्ने हो भने कोभिडको संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेको सजिलै प्रमाणित गर्न सकिन्छ। स्वास्थ्य तथा जनसङ्ख्या मनका अनुसार हिजो मात्र ६३ जना नयाँ संक्रमित थपिएका छन भने यही तथ्याकं अनुसार सक्रिय संक्रमितको संख्या अब ३५८ पुगेको छ।
- न्युज बहार संवाददाता