बैशाख १७, काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
१ हजार ४७३ नमुनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै अब देशभर कोरोनाको सक्रिय
संक्रमितको संख्या ३२८ पुगेको छ त्यस्तै आज ५५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर
फर्किएका छन् ।
- न्युज बहार संवाददाता