Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ट्राफिक सप्ताहको अवसरमा १२० ट्राफिकहरुद्वारा रक्तदान

  •   ३ वर्ष अघि | १८ असोज २०८०, बिहिबार

असोज १८, काठमाडौँ । ट्राफिक जनचेतना अभिवृद्धि तथा सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न तथा का लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा दैनिक जसो विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सोहि अवसरमा हिजो बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले कार्यक्रममा ‘ब्लड ब्याग’ हस्तान्तरण गरी कार्यक्रमको सुरुआत गरेका थिए ।

रक्तदान कार्यक्रम बुधबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन भएको थियो । रक्तदान कार्यक्रम काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारी, महानगर प्रहरी, पूर्व प्रहरी, ट्राफिक स्वयमसेवकलगायत गरी एक सय २० जनाले रक्तदान गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप