पुस १, काठमाडौँ
। आगामी माघ १७ देखि १९ गते सञ्चालन हुने ६८ औँ चिकित्सक
दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को अनलाईन आवेदन पुस २ गतेदेखि खुला
हुने जानकारी नेपाल मेडिकल काउन्सिलले दिएका छ। काउन्सिलका अनुसार २०८० पुस २
देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्क सहित अनलाइनमार्फत
फाराम बुझाउन सकिने छ ।
अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला रहने छ भने इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट परीक्षा सञ्चालन हुने परीक्षा समितिले जानकारी दिएको छ ।

- न्युज बहार संवाददाता