Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ खुला, पानिमा छाता ओढेरै भएपनि टिकट काट्ने लाइनमा यात्रु

  •   २ वर्ष अघि | १२ असोज २०८१, शनिबार

असोज १२, काठमाडौँ । आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । दसैँका लागि लक्षित गरी सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । अग्रिम टिकट बुकिङ देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा व्यापार, अध्ययन, व्यवसाय, रोजगारीका लागि आएकाहरुका लागि चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर खुला गरिएको हो ।

अग्रिम टिकट बुकिङ खुला भएसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । शुक्रबारदेखि नै देशभर परेको अविरल वर्षाका वावजुद पानिमा छाता ओढेरै भएपनि बिहानैदेखि यात्रु टिकट काट्न लाइनमा बसेका छन् ।

अग्रिम टिकट बुकिङ खुल्ला भएपछी काउन्टरमा पश्चिमको डडेलधुरा, सल्यान,दार्चुला, धनगढी, बझाङ, टीकापुर, बाजुरा, रुकुम, रोल्पा, प्यूठान तथा इलाम, ताप्लेजुङ, काँकडभित्ता लगायतका ठाउँमा जाने यात्रुको भीड लागेको छ ।

  • न्युज बहार संवाददाता

थप