जेठ १७, काठमाडौँ । १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल लगायत ६८ स्वास्थ्य संस्थालाई काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ७ दिने अल्टिमेटम दिएका छन् ।
उनले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर ती स्वास्थ्य संस्थाहरूको लिष्ट बुझाउँदै ७ दिनभित्र कारबाही गर्न माग गरेका छन्। १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा व्यवस्था नगरे महानगरपालिकाले ती स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने चेतावनी समेत दिइएको छ।
- न्युज बहार संवाददाता