फागुन
२०, काठमाडौँ। दुई नेपालीलाई अष्ट्रेलियाको संघीय प्रहरीले लागुऔषध ओसारपसारमा
संलग्न भएको आरोपमा पक्राउ गरेको छ। उनीहरूलाई गत २२ फेब्रुअरीमा प्रहरीले
ब्रिसबेन सहरबाट लागुपदार्थ सहित पक्राउ गरेको हो।
अष्ट्रेलियाको
संघीय प्रहरीका अनुसार उनीहरूको साथबाट ४५० ग्राम लागुऔषध बरामद भएको छ। उनीहरूले ‘हेयर डायर’ को ट्युबमा राखेर सिड्नीबाट उक्त
लागुऔषध ब्रिजबेन पुर्याएका थिए।
पक्राउ
पर्नेहरू दुबै २१ वर्ष उमेरका छन्। उनीहरूलाई प्रहरीले पाईन रिभर्स मजिस्ट्रेट
कोर्टमा उपस्थित गराएको थियो।
उनीहरू
माथी अवैध लागुऔषध ओसापसारको अभियोगमा मुद्दा दायर गरिएको छ। अष्ट्रेलियाको अपराध
संहिताको कानुन अनुसार यस खालको मुद्दामा २५ वर्ष सम्मको जेल सजाय हुन व्यवस्था
रहेको छ।
पाईन
रिभर्स मजिस्ट्रेट कोर्टले उनीहरुलाई थप अनुसन्धानका लागि थुनामा राखेर मुद्दा
अगाडि बढाउन अनुमति दिएको छ।
- न्युज बहार संवाददाता