मंसिर २०, काठमाडौँ । टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड अर्जेन्टिना तथा इन्टर
मायमीका फरवार्ड लिओनल मेसीले जितेका छन् ।
मेसीले गत
जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका सबैखाले प्रतियोगितामा गरी
१४ खेलमा ११ गोल गरेका थिए ।
३६ वर्षीय
मेसीले अक्टोबरमा कीर्तिमानी आठौँ पटक बालोन डे’ओर अवार्ड पनि जितेका थिए ।
टाइम म्यागजिनले
लेखेको छ ‘लिओनल
मेसीले यो वर्ष असम्भव देखिने उपलब्धिहरु हासिल गरिरहेका छन्। उनले इन्टर मायमीसँग
सम्झौता गरे अनि अमेरिकालाई एउटा फुटबल देशको रुपमा चिनाएका
छन।’
यस्तै
टाइमसका अनुसार मेसीको आगमनले रंगशालामा दर्शकको उपस्थिति, टिकटको मूल्य र मर्चेन्डाइज
बिक्रीमा उल्लेख्य वृद्धि तथा एमएलएस खेलको दर्शक बढाउन महत्वपूर्ण योगदान गरेको छ
।
- न्युज बहार संवाददाता