Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मेसीको पारिवारीक व्यवसायमा आक्रमण सहित मेसीलाई धम्किपुर्ण पत्र।

‘मेसी, हामी तिम्रो लागि पर्खिरहेका छौं।

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

फागुन १९, काठमाडौँ। अन्तराष्ट्रीय सञ्चार माध्यमका अनुसार लियोनेल मेसीको परिवारले सञ्चालन गर्दै आएको अर्जेन्टिनाको सान्ता फे प्रान्तस्थित रोजारियोमा एक सुपरमार्केटमा बिहिबार मोटरसाइकलमा आएका दुई व्यक्तिले जथाभावी गोली प्रहार गरेका छन्। आक्रमणकारीले अर्जेन्टिनी कप्तान एवं सात पटक विश्व वर्ष खेलाडी ३५ वर्षीय मेसीलाई एउटा धम्कीपूर्ण पत्रसमेत छोडेको सञ्चार माध्यमहरुले बताएका छन।

उक्त धम्की पुर्ण पत्रमा लेखिएको छ ‘मेसी, हामी तिम्रो लागि पर्खिरहेका छौं, यहाँका मेयर जाभकिन पनि लागूऔषध तस्कर हो, त्यसैले उसले तिम्रो सुरक्षा र हेरचाह गर्नसक्दैन।’ सुरक्षा निकायहरू संगठित अपराध न्यूनिकरणका लागि असफल भएको आक्रमणपछि मेयर जाभकिनले आक्रोश पोखेका छन्। 

आक्रमण भएको सुपर मार्केटको भवनको अगाडि सिसामा १४ वटा गोली लागेको छ। घटनापछि सुपरमार्केट बन्द गरिएको छ।

प्रहरीका अनुसार दुई व्यक्तिले मोटरसाइकलमा आएर युनिको सुपरमार्केटमा बिहानै को समयमा कम्तिमा एक दर्जन गोली प्रहार गर्दै कार्बोर्डमा मेसीलाई सन्देश लेखेर छोडेका छन्।

मेसीले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

  • न्युज बहार संवाददाता

थप