Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बक्स अफिसमा शारुख खानको ‘पठान’ हिट

छिटो ३०० करोड कमाउने फिल्मको रेकर्डमा 'पठान'

  •   ४ वर्ष अघि | १८ माघ २०७९, बुधबार

माघ १८, काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान चार वर्षपछि फिल्म ‘पठान’ मार्फत पर्दामा फर्किएका छन् । यही कमब्याकको अहिले सबैतिर चर्चा भइरहेको छ किनकी शाहरुख खान स्टारर फिल्म ‘पठान’ ले बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्मको रेकर्ड राखेको छ । फिल्मले पाँच दिनमा विश्वभर ५२३ करोड कमाएपछि शाहरुख खानको अनुहार र प्रतिक्रियामा यसको खुसी प्रस्टै देखिएको थियो । पठानले रिलिज भएदेखि नै रेकर्ड तोड्दै आएको छ । यही खुसी बाँड्नको लागी लामो समयपछि ३० जनवरीको साँझ शाहरुख खानले पत्रकारहरुसँग आमनेसामने बसेर प्रश्नहरूको सार्वजनिक रूपमा सम्बोधन गरेका थिए । यस पत्रकार सम्मेलनमा शाहरुख खान आफ्नो पुरानै शैलीमा देखिएका थिए । उही हाँसी–मजाक, प्रश्नहरूको गज्जब जवाफ र बीचमा कतै गम्भीर कुरा शारुख खानको पुरानो शैली हो ।

उनले भने “मैले यो चार दिनमा अघिल्लो चार वर्ष बिर्सिसकेको छु” । उनि भन्छन “हाम्रो जीवनमा जस्तै यो फिल्ममा पनि केही राम्रा र केही नराम्रा पक्षहरू छन् । मेरो लागि पनि केही समय त्यस्तै थियो”। 

थप