साउन २२, काठमाडौँ । पाकिस्तानमा रेल दुर्घटना हुँदा १०० भन्दा बढी घाइते भएका छन भने मृत्यु हुनेको संख्या ३० पुगेको छ। पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा ३० जनाको मृत्यु भएको हो ।
आइतबार दिउँसो हजारा एक्सप्रेसको रेल कराचीबाट एबोटाबादतर्फ जाँदै गर्दा सिन्ध प्रान्तको संघार जिल्लामा दुर्घटना भएको थियो ।
बीबीसीले रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिदा ३० जनाको मृत्यु भएको जनाएको छ ।
- न्युज बहार संवाददाता