पुस २५, काठमाडौँ । सन् २०२४ मा अमेरिकी
सञ्चारमाध्यम न्युयोर्क टाइम्सले घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा
नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ ।
मुस्ताङको
प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको संक्षिप्त वर्णन गर्दै न्यूयोर्क टाइम्सले
सार्वजनिक गरेको सूचीमा सन् २०२४ मा घुम्नै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको
जनाएका छ । न्यूयोर्क टाइम्सले विश्वका ५२ वटा गन्तव्यको सूची सार्वजनिक गर्ने
क्रममा मुस्ताङलाई ३७ औँ नम्बर समावेश गरेको छ ।
धौलागिरि
र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा अवस्थित मुस्ताङ हिमालपारिको जिल्लाको नामबाट
परिचित रहेको छ ।
- न्युज बहार संवाददाता