असार १९, काठमाडौँ । फिलाडेल्फियामा गोली चल्दा ४ नाको मृत्यु भएको छ। अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा भन्ने ठाउँमा गोली चल्दा चार जनाको मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीले बताए अनुसार एक व्यक्तिले बुलेटप्रुफ ज्याकेट लगाएर अन्धाधुन्द गोली चलाएका हुन । यसरी अन्धाधुन्द गोली चलाउँदा आठ जनालाई गोली लागेको थियो । गोली लागेको मध्ये चार जनाको मृत्यु भएको र चार जना घाइते भएका हुन । घाइतेहरुमध्ये दुई जना बालबालिका रहेका छन् ।
प्रहरीले आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको बताएको छ भने गोली चलाउनेको व्यक्तिको को हुन र किन गोली चलाए बन्ने खुलेको छैन।
- न्युज बहार संवाददाता