Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज अयोध्या बनेको नयाँ मन्दिरमा प्राण प्रतिष्ठा, देशभर फेरि दीपावली मनाइँने

  •   ३ वर्ष अघि | ८ माघ २०८०, सोमवार

माघ ८, काठमाडौँ । आज भारतको अयोध्या बनेको नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ । भारत र विदेशबाट धेरै पाहुनाहरू समारोहमा सहभागी हुन आएका छन्। पाहुनाहरूमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, व्यवसायी गौतम अडानी, मुकेश-नीता अम्बानी, अभिनेता अमिताभ बच्चन, रजनीकान्त जस्ता दिग्गजहरु सामेल छन्। 

बिहान १० बजेर २० मिनेटमा प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या पुग्नेछन् भने बिहान मंगल ध्वनिबाट कार्यक्रमको सुरुवात हुने जनाएको । विभिन्न राज्यका ५० भन्दा बढी वाद्य यन्त्रहरूले बिहान १० बजेदेखि ध्वनि तरङ्गहरू फैलाउनेछन्। 

पूरै अयोध्या सहरलाई यस अवसरमा हजारौँ क्विन्टल फूलले सजाइएको छ। ३ हजार किलो फूलले भव्य राम मन्दिरलाई सजाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अभिषेकपछि मन्दिर निर्माण गर्ने मजदुरहरूसँग भेट गर्नेछन् भने कुबेरटिलामा गएर उनले भगवान् शिवको पूजा गर्ने  कार्यक्रम पनि रहेको छ । त्यस्तै आज साँझ दीप प्रज्वलन गरी देशभर फेरि दीपावली मनाइँनेछ ।

  • न्युज बहार संवाददाता

थप