फागुन
२६, काठमाडौँ। सी चिनफिङलाई चिनियाँ संसदले तेस्रो कार्यकालका लागि राष्ट्रपति
चुनेको छ। समाचार संस्था रोयटर्सले शुक्रबार तेस्रो कार्यकालका नेशनल पिपुल्स
कंग्रेसले मतदानमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव चिनफिङलाई लागि
राष्ट्रपति चुनेको जनाएको छ।
सी
चिनफिङ राष्ट्रपतिका लागि एक्ला उम्मेदवार थिए। सी चिनफिङ लाई संसदका तीन हजार बढी
सदस्यले विद्युतीय मतदान गरेका थिए। मतदान गर्न एक घन्टा मात्र लागेको
थियो भने मतगणना सुरू भएको १५
मिनेटमै अन्तिम नतिजा सार्वजनिक गरिएको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ।
- न्युज बहार संवाददाता