जेठ १, काठमाडौँ। बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाले आइतबार राति भएको खेलमा एस्पान्योललाई ४—२ गोलले हराउँदै हात पारेको हो।
बार्सिलोनाले सन् २०१८/१९ सिजनपछि जितेको यो पहिलो ला लिगा उपाधि हो भने बार्सिलोनाले जितेको यो २७औँ ला लिगा उपाधि पनि हो । जित सँगै २७ पटक भने बार्सिलोनाले उपविजेतामै चित्त बुझाउनु परेको पनि छ।
- न्युज बहार संवाददाता