जेठ
७, काठमाडौँ। एल साल्वाडोरको राजधानी सान साल्भाडोरको एक फुटबल रंगशालामा भएको
दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ भने पाँच सय भन्दा बढी
घाइते भएका छन।
स्थानीय टोली अलियान्जा र सान्ता आनाको टिम फासबीच कस्कटलान रंगशालामा भएको खेलका दौरान रंगशालाबाहिर भागदौड भएको थियो। उक्त भागदौडमा मानिसहरूको मृत्यु भएपछि खेल स्थगित गरिएको बिबिसीले बताइएको छ।
यस घटनाको राष्ट्रपति नायिब बुकेलेले विस्तृत अनुसन्धान सुरु गरिने बताएका छन।
- न्युज बहार संवाददाता