कार्तिक
२०, काठमाडौँ । गजामा इसराइलको आक्रमणबाट अहिलेसम्म ९ हजार ७७० प्यालेस्टाइनी
नागरिकहरूको मृत्यु भएको छ।
इसराइल-हमास युद्धको २९ औं
दिनमा पुग्दा गजामा साढे ९ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको बिबिसीले
जनाएको छ ।
बिबिसीका अनुसार मृत्यु हुनेमा ४
हजार भन्दा बढी बालबालिका रहेका छन।
१ हजार ४ सय मानिसहरूको अक्टोबर ७ (असोज २०) मा
प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इसराइलमा आक्रमण गर्दा मृत्यु भएको थियो।
इसराइलबाट हमासले २४० जनालाई
बन्धक पनि बनाएको थियो।
- न्युज बहार संवाददाता