भदौ ७, काठमाडौँ । रुसमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । रुसमा रहेको निजी सैन्य समूहका प्रमुखको पनि दुर्घटनामा मृत्यु भएको छ ।
१० जना सवार एक विमान जसमा वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन पनि सवार थिए उक्त दुर्घटना भएको हो । अधिकारीहरुले दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको बताएका छन् ।
उक्त विमान रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको हो । दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको पनि नाम पनि उल्लेख गरएको छ । दुर्घटना भएपछी विमानमा आगलागी भएको थियो ।
यो विमान आफै दुर्घटना भएको हो वा अरु कसैले आक्रमण गरेर जमिनमा खसालेको वा कुन कारणले दुर्घटना भएको हो भन्ने एकिन नभइसकेको अधिकारीहरुले बताएका छन ।
- न्युज बहार संवाददाता