फागुन २८, काठमाडौँ । क्यान्सरका बिरामीहरूलाई यति एयरलाइन्सले हवाई टिकट नि:शुल्क दिने घोषणा गरेको छ ।
उपचारका
लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीहरूलाई
निःशुल्क हवाई टिकट प्रदान गर्ने यति एयरलाइन्सले जनाएको हो ।
एयरलाइन्सका
चिफ बिजनेस अफिसर युवराज विष्टका अनुसार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एयरलाइन्सले
क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको हो ।
- न्युज बहार संवाददाता