चैत १६, काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड
बिहीबार चितवन जान लागेका छन् ।
प्रधानमन्त्री प्रचण्ड सत्ता गठबन्धनको बैठकका साथै
मन्त्रिपरिषद् विस्तारको चटारोका बीच चितवन जान लागेका हुन् ।
प्रचण्डको सचिवालयको जानकारी अनुसार चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि प्रधानमन्त्री चितवन जान लागेका हुन।
उनी आज दिउँसो १ बजे नै काठमाडौँ आउने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।
- न्युज बहार संवाददाता