असार २३, काठमाडौँ । आउँदो अग्रेजी वर्ष सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी भएको जानकारी दिएका हुन ।
उनका अनुसार सात वर्षदेखि ट्रेलको
प्रवर्द्धन र प्रचारप्रसार गर्दै आएक र सन् २०२५ मा आन्तरिक तथा बाह्य गरी एक लाख
पर्यटक भित्र्याउने उदेश्यसहित भ्रमण वर्ष मनाउन लागिएको हो ।
भ्रमण वर्ष मनाउन लागि अहिले बस्न,
खाना, शौचालय, खानेपानी, पार्टीपौवालगायतको सङ्ख्या
बढाउन र सेवा सुविधा थप्न आवश्यक छलफल भइरहेको छ ।
भ्रमण वर्षको मुख्य आकर्षणमा सुन्तला,
गोठस्टे, साकेला उभौली र उधौली, धामी, रुद्राक्षलगायत महोत्सव आयोजना
गर्ने आयोजकको योजना रहेको छ छ । मुन्दुम ट्रेलमा किराती बाहुल्य खोटाङ,
भोजपुर, सङ्खुवासभा, सोलुखुम्बुलगायत
पर्यटकीय क्षेत्रहरू पर्दछन् । यो ट्रेल सहज पदमार्गका रूपमा परिचित रहेको छ । मुन्दुम
ट्रेल सांस्कृतिक मार्ग भएकाले यो अरु मार्गभन्दा भिन्न रहेको र त्यसको ‘ब्राण्डिङ’ गर्नुपर्ने आवश्यकता रहेको छ ।
- न्युज बहार संवाददाता