जेठ २३, काठमाडौँ । खप्तडमा आज देखि तीन दिने खप्तड आध्यात्मिक सम्मेलन सुरु हु़ँदै़ छ। सो सम्मेलनका लागी प्रधानमन्त्री प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँने भएका छन।
प्रधानमन्त्रीले खप्तडमा आजदेखि सुरु हुन गइरहेको तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
यस सम्मेलनमा विश्व प्रसिद्ध योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ भने पहिलो दिन अर्थात आज बाबा रामदेवले योग गराउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री सचिवालयले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने हेतुले प्रधानमन्त्री सहितको टोली खप्तड क्षेत्र जान लागेको जानकारी दिएको छ।
सुदूरपश्चिममा रहेको खप्तड क्षेत्र प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा परिचित छ।
- न्युज बहार संवाददाता