असोज १३, काठमाडौँ । तिन दिन देखि परेको
अविरल वर्षाका कारण देशभरका मुख्य राजमार्ग तथा साहायक मार्गहरुमा अहिले यातायात
ठप्प भएकाछन । यातायात ठप्प हुँदा यसको असर हवाई उडानमा देखिएको छ । आज हवाई
उडानमा अत्यधिक चाप देखिएको छ ।
आज बिहानबाट
हवाई उडान नियमित भएको छ र पछिल्लो तीन दिनयता उडान नियमित
हुन नसकेका कारण नयाँ यात्रुले टिकट पाउनै मुस्किल देखिएको वायुसेवा कम्पनीले
जनाएको छ ।
यती
एयरलाइन्सका प्रवक्ताका हनुसार आज असाध्यै धेरै टिकटको माग आएको र पहिला नै टिकट
काटेका यात्रुको व्यवस्थापन मिलाउन हम्मे हम्मे परेको छ ।
उनले आज
सबै गन्तव्यमा जहाज पूर्णक्षमतामा उडेको र यसले त्रिभुवन विमानस्थल व्यवस्थापनमा
समेत चाप परेको बताएका छन ।
आज
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले समेत उडान संख्या बढाएका छन् । यसले
विमानस्थलमा उडानको व्यवस्थापन मिलाउन चाप भएको त्रिभुवन विमानस्थल कार्यालयले
जनाएको छ ।
आज मौसम
राम्रो भए रात्रिकालीन उडान गरेर भए पनि धेरै यात्रुलाई काठमाडौँ ल्याउने र बाहिर
लैजाने योजना रहेको कम्पनीहरूले जनाएका छन ।
- न्युज बहार संवाददाता