असार२९ , काठमाडौँ । काठमाडौँबाट झापाको चन्द्रगढीका लागी उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ। प्राविधिक समस्या देखिएपछी जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।
बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौँ मै फिर्ता गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको हो।
सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको र अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको बुद्ध एयरले जनाएको छ।
- न्युज बहार संवाददाता