Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मौसम प्रतिकूलका कारण केही विमान आकाशमै ‘होल्ड’

  •   १ वर्ष अघि | २८ फाल्गुन २०८१, बुधबार

फागुन २८, काठमाडौँ । मौसममा आएको परिवर्तनका कारण आन्तरिक र अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकूलका कारण न्यून भिजिबिलिटीका कारण केही विमान आकाशमै होल्डमा परेका हुन्।

जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, कतारको दोहाबाट आएको कतार एयरवेज, दुबईबाट आएको फ्लाई दुबई, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, धनगढीबाट आएको बुद्ध एयर, भैरहवाबाट आएको फ्लाइ दुबई, पोखराबाट आएको यती एयरलाइन्सका विमान कम भिजिबिलिटीका कारण होल्डमा परेका हुन ।

  • न्युज बहार संवाददाता

थप