Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै अरुण डाँडा

  •   २ वर्ष अघि | २० मंसिर २०८१, बिहिबार

मंसिर २०, भोजपुर । अहिले आन्तरिक पर्यटकको रिजाइमा छ भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) । अरुण डाँडामा गाउँपालिकाले पूर्वाधार विकास तथा आवश्यक संरचनाहरुको निर्माण गरेपछि याहाँ पर्यटकको संख्यामा उल्लेख्य बृद्धी भएको छ । यो क्षेत्र अहिले आन्तरिक पर्यटकले भरिएको देख्न सकिन्छ ।  

यो ठाउँलाई आन्तरिक पर्यटकहरुले रुचाउनुको अर्को कारण भनेको यो सदरमुकामबाट नजिकै रहेको छ । शहरको थकान मेटाउदै  घुमघाम गर्न यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ  ।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार यस क्षेत्रमा कोसी प्रदेश सरकार र गाउँपालिकासँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमा सँगै आवश्यक संरचना निर्माण गरिएको छ जसले गर्दा याहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

अहिले अरुण डाँडालाई गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । सोही अनुसार अहिले यहाँ पूर्वाधार विकासको काम भइरहेको छ । यहाँबाट विभिन्न हिमश्रृङ्खलाका सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै मन्दिरमा पूजाआजा गर्न समेत सकिन्छ ।

  • न्युज बहार संवाददाता

थप