Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पोखराको प्याराग्लाइडिङ उडान बन्द

  •   ३ वर्ष अघि | २ पुस २०८०, सोमवार

पुस २, पोखरा । पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ । आन्तरिक विवाद चुलिएपछि उडान बन्द भएको हो । समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय नागरिक उड्डयन प्राधिकरणले विवाद गरेको छ । 

यहाँका कम्पनीहरू नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि दुई तिर फर्किएका छन् । एकाथरीका कम्पनीहरूले खुला बुकिङ सिस्टम ठिक मानेका छन् भने अर्को थरीले खुला बुकिङ सिस्टम गलत भनेका छन् ।

केही पाइलटहरूले यही विवादबिच पनि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै प्याराग्लाइडिङ नउडाउने निर्णयमा पुगेका छन् । दुवै पक्षको विवाद चरम भएपछि प्याराग्लाइडिङ उडान प्राधिकरणले नै बन्द गरिदिएको हो ।

  • न्युज बहार संवाददाता

थप