असार ३१,
काभ्रेपलाञ्चोक। काभ्रेको देविस्थानडाँडामा प्याराग्लाइडिङ उडान सुरु भएको छ। शनिबार
काभ्रे जिल्ला धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट व्यावसायिकरूपमा
प्याराग्लाइडिङ उडान सुरु गरिको हो ।
देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा विश्वबजार प्याराग्लाइडिङ प्रालिले उडानका लागि अनुमति प्राप्त गरेको हो ।
शनिबार पूर्वमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडानको शुभारम्भ गरेका छन।
उनले व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडानको शुभारम्भ गर्दै साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने प्याराग्लाइडिङको शुभारम्भले काभ्रेको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको ब समेत बताएका छन।
- न्युज बहार संवाददाता