Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सुन्तला महोत्सव सुरु, धेरै खाने प्रतियोगिता आयोजना हुँदै

  •   ३ वर्ष अघि | १६ पुस २०८०, सोमवार

पुस १६, मुग्लिन। आजदेखि चितवनको इच्छाकामना गाउँपालिकामा सुन्तला महोत्सव सुरु भएको छ । उक्त सुन्तला महोत्सव सुन्तलाको बजारीकरण गर्न आयोजना गरिएको हो। गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित ढाप, तोक्दाङ, सिरानगाउँ, डोडे, माझगाउँलगायत गाउँलाई  समेटेर सुन्तला महोत्सव हुन लागेको हो । यो महोत्सव तीन दिनसम्म चल्ने छ ।

गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण तथा प्रोत्साहनका लागि पहिलोपटक सुन्तला महोत्सव आयोजना जानकारी दिएका छन । 

गुरुङका अनुसार महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरिएको छ भने गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको हो । 

गुरुङले भने, “महोत्सवमा आउने पर्यटकहरुले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरिएको छ ।उहाँको भनाइ अनुसार गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको हो । 

यस महोत्सवमा सुन्तला धेरै खाने प्रतियोगितासमेत आयोजन गरिनेछ भने पाहुनालाई स्थानियले बनाएका परिकार खुवाउने तथा  स्थानिय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकी पनु प्रस्तुत गरिने छ ।  

  • न्युज बहार संवाददाता

थप