असार २८, काठमाडौँ। आजबाट हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरू गरेको छ।
हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आइबिई) सेवा सुरू गरेको हो।
यो सेवा लिनका लागी ग्राहकले डेस्कटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार हिमालयको वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्ने एयरलाइन्सले जानकारी गराएको छ।
यो सुविधा प्रयोग गरेपछि यात्रुहरूलाई विभिन्न गन्तव्यसँग जोडिनका साथै समय पनि बचत हुने र जाँहावाट पनि इन्टरनेटको माध्यमले टिकट बुक गर्न सहज हुने कम्पनीले जनाएको छ ।
यो सेवा अन्तर्गत सुरुमा ग्राहकले टिकट खरिदका लागि मास्टरकार्ड, इ–सेवा वालेट र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने यसमा थप कनेक्ट आइपिएस र युनियन पे छिट्टै उपलब्ध हुने एयरलाइन्सले जनाएको छ।
- न्युज बहार संवाददाता