बैशाख ४, काठमाडौँ । नेपाली सेनाको एक टोली जो हिमाल सफाइ अभियानमा जुटेका थिए उनिहरु अन्नपूर्ण प्रथम् हिमाल आरोहण गर्न सफल भएका छन ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज सोमबार बिहान सह–सेनानी सुमन पाण्डेको नेतृत्वमा रहेको सेनाको टोलीले ८ बजेर ५५ मिनेट जाँदा आठ हजार ९१ मिटरको विश्वको दशौँ अग्लो हिमालको चुचुरोमा पुग्न सफल भएको जनाएको गराएको छ ।
उक्त सेनाको टोलीमा प्यूठ् मानसिंह चौधरी, सिपाही ज्ञानेन्द्र डाँगी, सिपाही नवराज राना, मुख्य पथप्रदर्शक छिरिङ जङ्बु शेर्पासहित पाँच शेर्पा सहयोगी रहेका थिए ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरुप सेनाको अगुवाइमा वार्षिकरुपमा हिमाल सफाइ अभियान सञ्चालन हुने गरेको छ । सोही कार्यक्रम अन्तर्गत यसवर्ष पनि ल्होत्से, सगरमाथा, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ भइरहेको छ ।
- न्युज बहार संवाददाता