Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले गरे भ्रमण

  •   २ वर्ष अघि | १५ कार्तिक २०८१, बिहिबार

कात्तिक १५, म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित रहेको छ अन्नपूर्ण प्रथम हिमालको आधार शिविर । सोही आदार शिविरमा यस वर्ष हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । पर्यटक सिजना सुरु भएसँगै र दशैंतिहारको बिदाको समयलाई उपयोग गर्दै आन्तरिक पर्यटकहरु उल्लेख्य रूपमा अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् ।

यस आधार शिविर पुग्ने पदमार्गको पहिचान भएको १३ वर्ष भइसकेको छ  । पदमार्गका अभियन्ताहरुका अनुसार यो १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएका छन ।

दशैँपछि अहिलेसम्म करिब तीन हजारले अन्नपूर्ण आधार शिविरको भ्रमण गरिसकेका छन् । यस सिजनमा विदेशी पर्यटक सहित आन्तरिक पर्यटक पनि उल्लेख्य मात्रामा आधार शिविरमा पुगिराखेका छन । 

  • न्युज बहार संवाददाता

थप