Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘घुम्न जाऔँ बन्दीपुर’ अभियानको थालनी

  •   ३ वर्ष अघि | १२ पुस २०८०, बिहिबार

पुस १२, तनहुँ। तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाले ‘घुम्न जाऔँ बन्दीपुर’ अभियान थालनी गरेको छ । बन्दीपुर पहाडकी रानीउपनामले परिचित  छ । गाउँपालिकाको सक्रियतामा बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि उक्त अभियान सुरु गरिएको हो । 

थप आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउन  अभियान सुरु गरिएको जानकारी बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले दिएका छन । बन्दीपुरमा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागितामा यसका लागि देशका विभिन्न सहरमा पुगेर बन्दीपुरको पर्यटनको प्रचारप्रसार गरिनेछ । 

अहिले अध्यक्ष थापाको नेतृत्वमा अभियानअन्तर्गत टोली बुटवल पुगेको छ । अहिले बुटवलमा पुगेर बन्दीपुरको प्रचारप्रसार गर्दै घुम्नका लागि निम्तो दिने कार्यक्रम भइरहेको छ । अध्यक्ष थापाका अनुसार देशका प्रमुख सहरमा पुगेर घुम्न जाऔँ बन्दीपुरको प्रचारप्रसार गरिएको छ भने यसले गर्दा बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने छ।

बन्दीपुरको प्रचारप्रसारका लागि यो अभियान फलदायी हुने विश्वास पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले व्यक्त गरेका छन । बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ”, उनले भने,  “यसको थप प्रचारप्रसार गर्न आवश्यक रहेकाले यो अभियान सुरु भएको हो ।

आगामी माघ महिनामा सिद्धगुफा महोत्सव आयोजना गरी सिद्धगुफाको प्रचारप्रसार गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ ।

  • न्युज बहार संवाददाता

थप