Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘ट्रिप एडभाइजर’द्वारा काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा समावेश

  •   ३ वर्ष अघि | २८ पुस २०८०, शनिबार

पुस २८, काठमाडौँ । नेपालको सङ्घीय राजधानी काठमाडौँलाई विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य (नेचर डेस्टिनेसन) का रुपमा घोषणा गरेको छ । सातवटा वर्गमा ट्रिप एडभाइजरले ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस–२०२४’ घोषणा गर्दै काठमाडौँलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य– २०२४ मा राखेको हो ।

काठमाडौँ विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये एक नम्बरमा परेको छ । ट्रिप एडभाइजरका अनुसार सन् २०२४ मा उत्कृष्टमध्ये गन्तव्यका सातवटा वर्गमा गन्तव्य घोषणा गरिएको छ । जसमध्ये १० उत्कृष्ट गन्तव्यमा, ट्रेन्डिङ गन्तव्य, सांस्कृतिक गन्तव्य, प्राकृतिक गन्तव्य, खाना गन्तव्य,  हनिमुन गन्तव्य र दिगो गन्तव्य समावेश रहेका छन् । 

त्यसैगरी विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये ट्रिप एडभाइजरले काठमाडौँलाई २४ औँ नम्बरमा राखेको छ ।

  • न्युज बहार संवाददाता

थप