भदौ १, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै २ सय बंगलादेशबाट आएका पर्यटकहरुको समूहलाई भव्य स्वागत गरिएको छ।
आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशबाट ७०० पर्यटक नेपाल आउन लागेका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जनाएका छन ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चार्टर्ड गरेर नेपाल आएका पहिलो लटका बंगलादेशी पर्यटकलाई पञ्चेबाजासहित स्वागत गरिएको हो।
बंगलादेशी पर्यटक बंगलादेशको राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत् नेपाल आउन लागेका हुन्। नेपालको पर्यटन प्रवर्द्धनमा यसले महत्त्वपूर्ण सहयोग पुग्ने बताइएको छ। यसरी पहिलो पटक एउटै कम्पनीमार्फत् ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेका हुन ।
- न्युज बहार संवाददाता