जेठ ८, सुर्खेत
। सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएको छ । वीरेन्द्रनगरस्थित
उक्त विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछी मंगलबारदेखि उक्त
विमानस्थलबाट उडान ठप्प बनेको छ ।
मंगलबार
उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको र उक्त खाल्डो पुर्ने काम भइरहेको
वेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेको विमानस्थल प्रमुख
हिराजन काफ्लेले जनाएका छन ।
अहिले
त्याहाँको मर्मतको काम भइरहेको छ भने शनिबारसम्म सबै काम सक्नेगरी काम भइरहेको छ
।
- न्युज बहार संवाददाता