असार १२, काठमाडौँ । प्रतिकूल मौसमका कारण बुद्ध
एयरको ‘यू४–८५१’ उडान नम्बरको जहाज भैरहवास्थित
गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौँ नै फिर्ता भएको छ । उक्त जाहाजमा राष्ट्रिय
योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, सहित अन्य यात्रुहरु रहेको
जनाइएको छ ।
भैरहवामा अवतरण
गर्नु पर्ने बुद्ध एयरको ‘यू४–८५१’ उडान नम्बरको जहाजलाई त्याहाँको प्रतिकूल
मौसमका कारण काठमाडौँ नै फर्काइएको हो । बिहान करिब ८ बजे भैरहवा पुगे पनि
विमानस्थलमा अवतरण हुन नसके पछी जहाज काठमाडौं नै फिर्ता भएको हो ।
- न्युज बहार संवाददाता