Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारीस्तरबाट पर्यटक आकर्षित गर्न कुनै कार्यक्रम नआएकोमा पर्यटन व्यवसायीको असन्तुष्टि ।

  •   ३ वर्ष अघि | ३२ साउन २०८०, बिहिबार

साउन ३२, काठमाडौँ । सरकारीस्तरबाट पर्यटक आकर्षित गर्न कुनै कार्यक्रम नआएको भन्दै पर्यटनसँग सम्बन्धित विभिन्न संघ-संस्थाले असन्तुष्टि जनाएका छन् ।

सरकारले यही सन् २०२३ बाट भ्रमण दशक सुरु गरेको छ । तर भ्रमण दशक सुरु भएपनि बजेट कसरी विनियोजन गर्ने, यो कसरी सञ्चालन गर्ने र के कार्यक्रम गर्ने भन्ने टुँगो लगाउन पर्यटन मन्त्रालयले अझै सकेको छैन ।

बुधबार पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरु तथा होटल संघ नेपालका अध्यक्ष विनायक शाहको सभापतित्वमा बसेको संयुक्त बैठकले कार्यक्रम अगाडि नबढेको प्रति चिन्ता व्यक्त गरेको हो ।

उक्त बैठकमा सरोकारवालाहरुबाट कोभिडले धरासायी भएको पर्यटन उद्योगको प्रवर्द्धन र संवर्द्धनमा चालिनुपर्ने कदमका बारेमा कुनै ठोस कार्यक्रमका साथै संघीय पर्यटन ऐन संशोधन र अद्यावधिकीकरणमा व्यवसाय तथा लगानीमैत्री नीति समावेश हुनु पर्नेमा व्यवसायीले एकमत राखेका हुन ।

  • न्युज बहार संवाददाता

थप