Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन पोखरा उद्योग वाणिज्य सङ्घको माग।

  •   ३ वर्ष अघि | २६ असार २०८०, मङ्लबार

असार २६, पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन पोखरा उद्योग वाणिज्य सङ्घले माग गरेको छ।

नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापति सहितको प्रतिनिधिमण्डलले सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएका छन।

आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्‍याउन जाँदा र बिदाइ तथा आगन्तुक अथिति पाहुनालाई स्वागत गर्न जाँदा सवारीमा चढाउने व्यवस्था मिलाउन पनि सङ्घले आग्रह गरेको हो।

  • न्युज बहार संवाददाता

थप