Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कठ्याङ्ग्रिने चिसो बढेसँगै पर्यटकको सङ्ख्यामा कमी

  •   ३ वर्ष अघि | १७ पुस २०८०, मङ्लबार

पुस १७, काठमाडौँ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने  पर्यटकको सङ्ख्यामा कमी आएको छ । मध्य पुस हुँदै गर्दा कठ्याङ्ग्रिने चिसो बढेसँगै केही साताअघिदेखि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पा बताउँछन । 

शेर्पाका अनुसार विगतका वर्षमा यस समयमा हिमपात हुने गथ्र्यो तर अहिले भने हिमपात भइसकेको छैन । पर्यटक आउन छोडेपछी यहाँका होटल–लजहरु पनि बन्द भएका छन् । अहिले यहाँका होटल सञ्चालकहरु प्राय सदरमुकाम फुङ्लिङ झरेका छन् भने केही काठमाडौँ पुगेका छन् । 

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले चियो याम प्रारम्भ हुनु अघिसम्म कञ्चनजङ्घा क्षेत्रमा पर्यटकहरुको उल्लेखनीय आगमन भएको बताए । उनका अनुसार गत असोज देखि पुस सम्ममा विभिन्न देशका सात सय ६० जना पर्यटक कञ्चनजङ्घा क्षेत्रको अवलोकनमा आएका थिए भने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको थियो । 

  • न्युज बहार संवाददाता

थप