Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गरिने

  •   ३ वर्ष अघि | २५ माघ २०८०, बिहिबार

माघ २५, तनहुँ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घामा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालीकाले वडा नम्बर –४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित  नगरपालिकाले साहित्य उद्यानको काम अगाडि बढाएको छ । सङ्घीय सरकारले यसका लागि रु पाँच करोड बजेट विनियोजन गरेको र अर्थमन्त्रालयले उद्यान निर्माणका लागि केही दिन अगाडि सो रकम उपलब्ध गराएको थियो  । 

नगरप्रमुखका अनुसार स्वयम राष्ट्रपति रामचन्द्र पौडेलले पनि यस ठाउँको विकासका लागि चासो राख्नुभएको छ भने उहाँकै साथ र सहयोगमा साहित्य उद्यानको कामलाई अगाडि बढाउन लागिएको हो ।

  • न्युज बहार संवाददाता

थप