Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एयर एस्ट्राले ढाकाबाट पोखरामा सातामा चार उडान गर्ने तयारी

  •   २ वर्ष अघि | २ असार २०८१, आइतवार

असार २, काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेशको एयरलाइन्स एयर एस्ट्राले ढाकाबाट सिधा उडानका लागि तयारी सुरु गरेको छ । ढाकाबाट एयर एस्ट्राले पोखरामा सातामा चार उडान गर्ने गरी तयारी थालेको बताइएको छ ।

एक महिनाअघि नागरिक उड्डयन प्राधिकरणसँग एयर एस्ट्राले उडानका लागि अनुमति मागेको थियो। एस्ट्राले उडान अनुमतिसँगै अन्य सुविधा जस्तै विमान अवतरण शुल्क, पार्किङ शुल्कलगायतमा छुट लगायत मागेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जनाएका छन ।

एस्ट्राले यी माग राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयलाई समेत अनुरोध गरेको हो ।

  • न्युज बहार संवाददाता

थप