मंसिर ८,
म्याग्दी । करिब ८० हजार पर्यटकले पछिल्लो एक महिनाको अवधिमा मुस्ताङ भ्रमण गरेका
छन् । गएको कात्तिकमा दसैँतिहार पर्व बिदाको अवसर पारेर मुस्ताङ घुम्ने आन्तरिक
पर्यटकको सङ्ख्या उल्लेख्य बढेको थियो । ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार
पाँच सय चारजना विदेशी पर्यटकले भ्रमण गरेका जिल्ला प्रहरी कार्यालय मुस्ताङको
तथ्याङ्कमा उल्लेख गरिएको छ ।
लेते प्रहरी
चौकीले मुस्ताङबाट बाहिरिने र घाँसा प्रहरी चौकीले भित्रने आन्तरिक पर्यटकको
तथ्याङ्क राख्ने गरेको छ । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र
लोमान्थाङस्थित कार्यालयलेविदेशी पर्यटकको अभिलेख राक्ने गरेका छन् ।
दसैँ, तिहार, छठपर्व बिदाको अवसरमा मुस्ताङ घुम्ने
पर्यटकको लर्को लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक
भोजराज पाण्डे बताउँछन । १३ हजार नौ सय एक सवारीसाधनले कात्तिकमा मात्र पर्यटक
बोकेर भित्रिएका थिए ।
त्यसमा छ
हजार दुई सय ८९ कार–जिप, छ
हजार चार सय आठ मोटरसाइकल, तथा सात
सय ५० वटा बसमार्फत पर्यटक मुस्ताङ भित्रिएका थिए । मुस्ताङ प्रवेश गर्ने घाँसा अधिकतम
दैनिक चारदेखि पाँच हजार पाँच सयको अनुपातमा पर्यटक मुस्ताङ भित्रिएको प्रहरी
चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रताप महतले जानकारि दिए ।
- न्युज बहार संवाददाता