Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए ७७ हजार विदेशी पर्यटक

  •   २ वर्ष अघि | ३ जेष्ठ २०८१, बिहिबार

जेठ ३, गण्डकी । विगत १० महिनामा पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा उल्लेख्य मात्रामा पर्यटकहरु भित्रीएका छन । उक्त १० महिनाको समयमा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका हुन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सबैभन्दा धेरै गत चैतमा ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको हुन । 

आयोजना प्रमुख डा रविन कडरियाले दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले उक्त अवधिमा सो क्षेत्र घुमेका जानकारी दिएका छन ।

असोज–कात्तिक र चैत–वैशाखको समय यो भेगमा पदयात्राका लागि उत्तम मानिन्छ । 

  • न्युज बहार संवाददाता

थप