पुस २५, धनगढी । धनगढी विमानस्थलको हवाइ
सेवा प्रतिकुल मौसमका कारण प्रभावित भएको छ ।
बुधबार
बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज बाक्लो हुस्सुका कारण
भिजिविलिटी कम भएपछि अवतरण गर्न नसकेर डाइभर्ट भएका छन ।
श्री
एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीका अनुसार दुवै विमान सुर्खेत
विमानस्थलमा अवतरण गरेको जानकारी दिएका छन् । अब मौसम केही खुलेर सफा भएपछी मात्र जाहाज
गन्तव्यका लागी उड्नेछ ।
- न्युज बहार संवाददाता