असोज ८, काठमाडौँ । म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि यस
वर्षको शरद याममा १४ जनाले अनुमति लिएका छन्।
म्याग्दीको
धवलागिरि गाउँपालिका–४ मा विश्वको
सातौं अग्लो धवलागिरि हिमाल पर्छ। पर्यटन विभागका अनुसार एउटा समूहका १४ जना पुरुष
पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका जनाइएको छ।
धवलागिरि
हिमाल आरोहणको अनुमति लिएकाबाट १६ लाख ८९ हजार ३० सलामी दस्तुर (शुल्क) प्राप्त
भएको विभागले जनाएको छ ।
- न्युज बहार संवाददाता